१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूको बैठक बस्यो

प्रधानमन्त्री सुशीला कार्की र सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ। आइतबार साँझ बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

प्रधानमन्त्री कार्कीले संघ र प्रदेश सरकारबिच परिवर्तित परिस्थितिमा संवाद र सहकार्यको वातावरण बनाउन मुख्यमन्त्रीसँगको संवाद थालेको सचिवालयले जनाएको छ।  

बैठकम सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनार र कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की सहभागी छन्।  

प्रकाशित: १६ कार्तिक २०८२ १८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App