२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सभापति र प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुन सक्छ : महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुनसक्ने बताएका छन्।

मंगलबार संसद् भवन बाहिरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतीय जनता पार्टी (भाजपा)ले यसमा सहजिकरण गरिरहेको बताए।

भाजपाले मुख्यालयमा सभापतिलाई दिएको सम्मानप्रति खुसि व्यक्त गर्दै उनले भने,‘ हामीले राष्ट्र हितमा प्रयोग गर्ने गरी कूटनीतिक रूपमा अघि बढ्छौँ। भारतीय प्रधानमन्त्रीसँग भेट गर्ने तालिका हुनसक्छ। भाजपाकै निमन्त्रण भएकाले उहाँहरूले सहजीकरण गरिराख्नुभएको छ।’

सीमा विवादबारे पार्टी कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पक्षमा रहेको उनले बताए।

प्रकाशित: १९ जेष्ठ २०८३ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App