२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री साह र सभापति लामिछानेबिच भेटवार्ता: के भयो कुराकानी?

पूर्वमन्त्री दीपककुमार साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन्।

उक्त भेटमा उनले आफ्नो निर्वाचन क्षेत्र महोत्तरी-२ का जनताका समस्या र समसामयिक राजनीतिक विषयमा छलफल गरेको जानकारी दिए।

सोमबार सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै साहले छलफल सकारात्मक भएको र चाँडै परिणाम आउने विश्वास व्यक्त गरेका छन्। 

उनले भेटको तस्बिर साझा गर्दै उनले लेखेका छन्, ‘रास्वपा सभापति आदरणीय रवि लामिछाने ज्युसँग क्षेत्रका जनताद्वारा राखिएको समस्या र समसामयिक विषयमा गहन छलफल, चाँडै परिणाम आउने विश्वास लिएको छु।’

साह यसअघि बालेन्द्र शाहको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए। तर पदको दुरुपयोग गरेको आरोपमा उनलाई दुई सातामै पदबाट बर्खास्त गरिएको थियो। 

अहिले उनको ठाउँमा रामजी यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित: १५ वैशाख २०८३ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App