२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

विजया दशमीले प्रगति र समृद्धि ल्याओस्: पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजया दशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्। विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उनले सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दसैँ मनाउन आग्रह गरेका छन्।

विजया दशमी नेपालीको एउटा राष्ट्रिय चाडको रूपमा मनाइँदै आइएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले दसैँ राग र द्वेषलाई बिर्सेर आपसी प्रेम सद्भाव र भ्रातृत्व बढाउने पर्वका रूपमा रहेको बताएका छन्। 'दसैँ एक आपसमा शुभकामना आदानप्रदान गर्दै एकअर्काप्रति प्रेम र सद्भाव प्रकट गर्ने अवसर पनि हो। वर्तमानमा रमाउने र खुसी प्रकट गर्ने उत्सव पनि हो,' शुभकामना सन्देशमा भनिएको छ।

हालै ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षतिले सिङ्गो मुलुक स्तब्ध भएको जनाउँदै पूर्वअध्यक्ष रेग्मीले नवीन आशा र विश्वासका साथ सहज वातावरण बनाएर मुलुकलाई सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता भएको बताए। 

प्रकाशित: १५ आश्विन २०८२ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App