४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस् : प्रवक्ता श्रेष्ठ

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन्।

प्रतिनिधिसभा निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभुतपूर्व सफलता दिलाएको बताउँदै उनले लामिछाने र शाहलाई बधाई दिएका हुन्। साथै यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस् भनेर कामना गर्दै उनले त्यो पश्चाताप देशले थेग्न नसक्ने बताए। 

'प्रतिनिधिसभा निर्वाचनको लगभग नतिजा आइसकेको छ, निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभुतपूर्व सफलता दिलाएको छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्, त्यो पश्चाताप देशले थेग्न सक्ने छैन- रास्वपालाई बधाई, रविजीलाई बधाई, बालेनजीलाई बधाई।'

प्रकाशित: २६ फाल्गुन २०८२ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App