४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस् : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन र समृद्धिको बाटोमासँगै हिँड्न सबै नेपालीलाई प्रेरेणा प्रदान गरोस् भनी शभकामना दिएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको धारणा राखे।

मुख्यमन्त्री शाहले संविधानको रक्षा, लोकतन्त्रको सुदृढिकरण, राजनीतिक स्थायित्वको लागि निर्वाचन बाहेक अर्को विकल्प हुनै नसक्ने बताए। उनले नेपालको सार्वभौसत्ता, भौगोलिक अखण्डता, राष्टिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरे।

विसं २००७ को क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।

प्रकाशित: ७ फाल्गुन २०८२ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App