१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पार्टी एकताको टुंगो लगाउन माओवादीको सचिवालय बैठक सुरु

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठकको मुख्य एजेन्डा विभिन्न कम्युनिस्ट तथा वामपन्थी समूहहरूसँगको पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने रहेको छ।

संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। लामो समयदेखि चर्चामा रहेको वामपन्थी शक्तिहरूबीचको एकता प्रक्रियालाई ठोस रूप दिन यो बैठक बोलाइएको हो।

बैठकले पार्टी एकताका लागि अपनाइने वैचारिक र सांगठनिक आधारहरू तय गर्नुका साथै वार्तालाई निर्णायक बनाउन आवश्यक निर्णयहरू लिने बताइएको छ।

देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै छरिएर रहेका क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्य माओवादीको छ।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १५ कार्तिक २०८२ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App