२९ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

माओवादी नेता भन्छन्: ओलीले एमाले अपहरण गर्दा वामपन्थी एकताको वातावरण बनेन

‘विद्या भण्डारी राजनीतिमा आउँदा बन्न सक्छ’

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमालेलाई केपी ओलीले अपहरण गरेका कारण नेपालका वामपन्थी एकताको वातावरण नबनेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दाहालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किदा त्यो वातावरण बन्न सक्ने बताएका हुन्।

‘एमालेलाई केपी ओलीले अपहरण गरेर बन्धक बनाउनुभएको छ,’ उनले भने, ‘एमाले ओलीको अपहरणबाट मुक्त नभइकन वामपन्थीहरुबीच एकता असम्भव छ । एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन ।’

संविधानको रक्षा र कार्यान्वयन गर्न एमालेभन्दा कांग्रेसको सहकार्य नै सापेक्षित प्रगतिशील हुने पनि दाहालले बताए ।

प्रकाशित: २८ असार २०८२ १७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App