१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादीको मध्यपहाडी अभियान पुनः सुरु

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्षायामका कारण स्थगित गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित अभियान आजदेखि पुनः सुरु भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले पोखराको रुपा गाउँपालिकास्थित स्यास्त्री शहीद पार्कबाट एक कार्यक्रमका बीच अभियानको दोस्रो चरणको औपचारिक सुरुवात गरेका हुन्।

यस अभियान गत जेठ २ गते सुदूरपश्चिमको बैतडी, पाटनबाट सुरु भएको थियो। तर, वर्षायाम लागेसँगै जेठ १२ गते पोखरामा आएर यसलाई अस्थायी रूपमा स्थगित गरिएको थियो।

गत साउन १६ र १७ गते बसेको पार्टी स्थायी समितिको बैठकले भदौ २१ गतेबाट पोखरादेखि नै अभियानलाई अगाडि बढाउने निर्णय गरेअनुसार आजबाट पुनः थालनी गरिएको हो।

माओवादी केन्द्रले यो अभियानमार्फत मध्यपहाडी लोकमार्गले छुने विभिन्न जिल्लाहरूमा पार्टी संगठन सुदृढीकरण गर्ने, जनसम्बन्धलाई थप मजबुत बनाउने तथा स्थानीय स्तरका समस्या र गुनासाहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने लक्ष्य राखेको छ।

पार्टी नेतृत्वले यो अभियानलाई जनतासँग प्रत्यक्ष संवाद गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताएको छ। अब यो अभियान पोखराबाट पूर्वका जिल्लाहरूमा अघि बढ्नेछ।

प्रकाशित: २१ भाद्र २०८२ १५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App