नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक बस्दै छ।
आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक बस्ने गरी बैठक बोलाइएको हो।
नेकपा (एकीकृत समाजवादी) सहित ८ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बोलाइएको बताइएको छ।
प्रकाशित: १८ कार्तिक २०८२ ११:३४ मंगलबार





