२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेपाल वायुसेवा निगममा महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा नियुक्त गर्दै महाप्रबन्धकको जिम्मेवारीसमेत प्रदान गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै श्रेष्ठलाई निगमको नेतृत्व गर्ने गरी दुवै जिम्मेवारी एकैसाथ सम्हाल्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै श्रेष्ठले अब निगमको सञ्चालक समिति अध्यक्षसँगै महाप्रबन्धकको कार्यभार पनि सम्हाल्ने जानकारी दिएका छन्।

नयाँ व्यवस्थाअनुसार श्रेष्ठले निगमको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व गर्दै संस्थाको सञ्चालन, सेवा व्यवस्थापन र रणनीतिक निर्णयको जिम्मेवारी वहन गर्नेछन्।

सरकारले निगमको व्यवस्थापनलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

प्रकाशित: ३० असार २०८३ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App