नेकपा एमाले नेता महेश बस्नेतले जस्तो सुकै अवस्थामा पनि केपी ओलीलाई आफ्नो साथ र श्रद्धा रहेको बताएका छ्न् । जेन-जी प्रदर्शनपछि भएको क्षतिको अवलोकन गर्नेक्रममा बालकोट आइपुगेका बस्नेतले एमालेलाई जेन-जी नामले गरेको गालीको खेद जनाएका छन् ।
उनले एमालेको विरोध गर्दै एमाले नबनौँ भनेको पाइयो भन्दै आक्रमक शैलीमा देखिएका बस्नेतले भने, ‘एमाले नबनौँ भन्दो रहेछ । एमाले हो हामी । हिजो पनि हो आज पनि हो भोलि पनि हो । लु नहो भन्ने को आउँदो रहेछ हेरौँ हामी पनि !’
एमाले अध्यक्ष केपी ओली राष्ट्रिय पिता भएको दावी गर्दै प्रधानमन्त्री भएर मान नभइ असली नेता भएर बा मानेको बताए । उनले भने, ‘केपी ओली नभनौँ रे । केपी ओली राष्ट्रिय पिता हो । राष्ट्रियताको संरक्षक हो । विकासको नेता हो । समृद्धिको नेता हो । केपी ओली प्रधानमन्त्री भएर बा भनेको होइन् । केपी ओली साँच्चिकै नेता भएर बा भनेको हो । संकटमा पनि केपी ओली बोकिन्छ । मरेछन् भने पनि केपी ओलीलाई श्रद्धा मानिन्छ । जो जो साहसका साथ हिँड्छ त्यही नेता हो ।’
उनले सबैलाई एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गर्दै आफैले फेसबुकमा नम्बर हालेको र जे पर्छ डटेर सामना गर्ने बताए । आएका सबै फोन आफैँले उठाएको भन्दै उनले अधिकांश फोन उत्साहित भएर आएको पनि दावी गरे ।
प्रकाशित: ३० भाद्र २०८२ १७:११ सोमबार





