नेकपा (एमाले)का नेता महेश बस्नेतले कुनै समयको क्रान्तिकारी नेता प्रचण्ड पतनको चरम तहमा पुगेको आरोप लगाएका छन्। पुष्पकमल दाहालले हिजो रास्वपाका सभापति रवि लामिछानेलाई भेटेको विषयलाई लिएर सामाजिक सञ्जालमा बस्नेतले यस्तो आरोप लगाएका हुन्।
‘तीव्र ओरालो यात्रामा रहेको पार्टी बचाउन र आफूलाई चर्चामा राख्न जस्तोसुकै हर्कत र स्टन्टबाजी गर्न थालेका छन्,’ दाहालप्रति लक्षित गर्दै उनले लेखेका छन्, ‘एउटा क्रान्तिकारी नेता कसरी पतनको चरम तहमा पुग्छ भन्ने ज्वलन्त उदाहरण स्वयं प्रचण्ड हुन्।’
पुष्पकमल दाहालबाट प्रचण्ड बनेर पटक पटक प्रधानमन्त्री र नेता बनेका उनी अनेक आरोपले घेरेका व्यक्तिलाई बचाउ गरेर उनीहरूसँग हातेमालो गरेर आफ्नो राजनीति जोगाउन खोज्दै गरेको बस्नेतले आरोप छ। ‘युद्धकै भरमा पुष्पकमल दाहालबाट प्रचण्ड बनेर पटक–पटक प्रधानमन्त्री बने, ठूलो नेता बने,’ उनले लेखेका छन्, ‘ तर आज उनै प्रचण्ड चोरी, ठगी र अनेक आरोपले घेरेका व्यक्तिलाई बचाउ गरेर उनीहरूसँग हातेमालो गरेर आफ्नो राजनीति जोगाउन खोज्दैछन्।’
प्रकाशित: ५ भाद्र २०८२ ०८:५० बिहीबार





