१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

एक वर्षमा तीन पटक सर्वोच्चमा आगलागीपछि महेशको प्रश्न : संयोग कि आपराधिक षड्यन्त्रको खेल ?

फाइल तस्बिर

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतमा एक वर्षभित्र तीन पटक आगलागी भएको घटनाप्रति प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत बस्नेतले सर्वोच्चमा पटक–पटक आगलागी हुनु संयोग मात्रै हो कि आपराधिक षड्यन्त्र भन्ने प्रश्न गरेका हुन्। 'एक वर्षमा ३ पटक सर्वोच्च अदालतमा आगलागी! यो संयोग मात्रै हो कि आपराधिक षड्यन्त्रको खेल? भन्दै उनले प्रश्न गरेका छन्।

बस्नेतले आगलागीका कारण न्यायसँग सम्बन्धित अभिलेख तथा प्रमाण नष्ट गरेर अपराधीलाई बचाउने प्रयास भएको हो कि भन्ने आशंकासमेत व्यक्त गरे। उनले भने, 'न्यायका अभिलेख र प्रमाण नष्ट गरेर अपराधी बचाउने प्रयास त होइन?'

उनले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्य जनतासामु ल्याउनुपर्ने माग गरेका छन्। 'निष्पक्ष र स्वतन्त्र छानबिन गरियोस्,' उनले भनेका छन्, 'सत्य जनतासामु ल्याइयोस्।'  

प्रकाशित: १ आश्विन २०८३ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App