८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

महेशको दाबी: प्रधानमन्त्री बन्नसक्छु, तर गगन–रवि जस्तो उद्घोष गरेर हिँड्दिनँ

नेकपा एमालेका नेता महेश बस्नेतले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सम्भावना बोकेर हिँडेको दाबी गरेका छन्। आइतबार पत्रकारसँग कुराकानी गर्दै बस्नेतले यस्तो दाबी गरेका हुन्। 

‘म पार्टीको अध्यक्ष हुने सम्भावना पनि बोकेर हिँडेको छु,’ उनले भने, ‘म देशकै प्रधानमन्त्री हुने सम्भावना पनि बोकेर हिँडिराख्या छु।’ 

तर आफूले आफ्नो उमेर समूहका नेताहरू नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेजस्तो बोल्दै नहिँड्ने बस्नेतले बताए। ‘मेरा सहयोद्धा साथीहरू गगन जी, रवि जीलगायतका साथीहरूले जुन ढंगले उद्घोष गर्दै हिँड्छन्, म चाहिँ त्यो उद्घोष गरेर हिँड्ने पक्षमा छैन,’ उनले भने। 

अहिले भने एमाले अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सादेखि लिएर नेपाली सीमाको कुरा उठाएकाले अन्तर्राष्ट्रिय साम्राज्यवादी तागतहरू नेपालमा आफ्नो शक्ति प्रयोग गरेर हटाएकाले ओली नै अध्यक्षको उम्मेदवार हुने उनले बताए। 

‘म अहिले अध्यक्ष बन्ने होइन, अध्यक्ष बनाउने किंगमेकरको हिसाबले जाँदैछु,’ बस्नेतले भने। 

प्रकाशित: २३ कार्तिक २०८२ २०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App