४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

महेश बस्नेत भन्छन्ः हिम्मत भए पक्राउ गरेर हेर

फाइल तस्बिर

नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्। बुधबार साइबर ब्युरोमा बयान दिएर आएपछि पत्रकार सम्मेलन गरेका उनले प्रतिसोधको राजनीति नगर्न चेतावनी दिएका छन्।

आफूलाई राजनीतिक प्रतिसोधको सिकार बनाउन खोजिएको आरोप लगाउँदै उनले जेन–जी आन्दोलनमा घुसपैठ गरेर विध्वंस गरिएको आरोप लगाएका छन्।  उनले आन्दोलनमा विध्वंस मच्चाउने  सुदन गुरुङ लगायतकालाई पक्राउ गर्नु पर्ने बताए। यस विषयमा जाहेरी दिइसकेको भन्दै अव मुलुकभर यही अभियान चलाउने उनले बताए।

‘हामी अव देशभर डिजी फोर्स गठन गरेर अगाडि बढ्ने छौ,’ उनले भने, ‘अब देशभर हामी डिजिटल जेनेरशन गठन गरेर अगाडि बढ्ने छौ।’

प्रकाशित: २२ आश्विन २०८२ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App