१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

महेश बस्नेत भन्छन्: बालेन साह निर्माणभन्दा ध्वंसमा केन्द्रित छवि

नेकपा (एमाले)का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकाल र पछिल्लो राजनीतिक अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेका छन्।  ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि धेरै वाचा अधुरा रहँदा बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बितेको उनको धारणा छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले बालेन साह निर्माणभन्दा ध्वंसमा केन्द्रित छविका रूपमा स्थापित भएको उल्लेख गरेका छन्।  यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री बन्ने दाबी गर्नु राजनीतिक हतारो भएको उनको भनाइ छ।

बस्नेतका अनुसार सुशासन र विकास लोकप्रियता वा भाइरलताबाट होइन, ठोस परिणामबाट मापन हुन्छ। ‘निर्माणभन्दा ध्वंसमा केन्द्रित छवि बिच आज प्रधानमन्त्रीको दाबी गर्नु राजनीतिक हतारो हो, सुशासन र विकास लोकप्रियताले होइन, परिणामले मापन हुन्छ, त्यसैले उनको राष्ट्रिय सत्ता दाबीले एउटा प्रश्न उठाउँछ, राजनीतिमा भाइरल हुन होइन, परिणाम दिन सक्नुपर्छ’, उनले लेखेका छन्।बालेन साहको राष्ट्रिय सत्ता दाबीले गम्भीर प्रश्न उठाएको उनको टिप्पणी छ।

प्रकाशित: २८ पुस २०८२ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App