४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

महाविर पुन तपाईंको गाउँ आयो: भोट दिन मन लागे दिनूस, नलागे नदिनूस्

फाइल तस्बिर

म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका निर्वतमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुन अहिले निर्वाचन लक्षित चुनावी प्रचार गरिरहेका छन् ।  

उनको चुनावी प्रचार अन्य दलका नेता तथा उम्मेद्वार भन्दा विल्कुल फरक छ । उनी भन्छन्, ‘उम्मेदवार मै हो । भोट दिन मन लागे दिनुहोस् मन नलागे नदिनुहोस् ।’

मतदातासँग छलफल गर्न र मत माग्न म्याग्दीको डाँडाखानी पुगेका उनले भने, ‘ल है डाँडाखानी गाउँका दाजुभाइ दिदीबहिनीहरू म उम्मेदवार महाविर पुन आएँ । छलफल गर्न आउनुहोस् । भोट दिन मन लागे दिनुहोस् ।’ यत्तिकैमा एक स्थानीयले भोट दिन मन नलागे के गर्ने भनेर पार्श्वमा सोध्दा उनले भने, ‘भोट दिन मन नलागे नदिनुहोस् । तर प्रश्न सोध्नुहोस् । धन्यवाद ।’

उनी जहाँ निर्वाचन केन्द्रित छलफलमा जान्छन् एक्लै देखिन्छन् । उनीसँगै एक क्यामेरा पर्सन भएको झल्को उनको पोस्टमा देखिन्छ । पत्रकार सम्मेलन गर्दा पत्रकारलाई भेला पार्न वा मतदातासँग छलफल गर्न मतदातालाई भेला पार्न आफैँ बोलाउँदै हिँड्छन् । 

उनले खुलेर भन्ने गर्छन् । मैले जित्छु । तपाईंले भोट दिनुहोस् तर मन पर्दैन भने नदिनुहोस् । 

विना तामझाम उनको प्रचार सामाजिक सञ्जालमा भने निक्कै चर्चामा आउने गरेको छ ।

प्रकाशित: १९ माघ २०८२ १६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App