२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

गगन–विश्वलाई महतको आह्वानः एकता जोगाउन हामी उदार छौँ, त्यही किसिमले आउनुस्

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन पक्ष पार्टी एकताबद्ध राख्न उदार रहेको बताएका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका बेला प्रवक्ता महतले संस्थापन पक्ष जस्तै उदार दिल लिएर संवादमा आउन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरे।  

‘पार्टी एकताबद्ध राख्न हामी पूरै लचकताका साथ प्रस्तुत भइरहेका छौँ। उहाँहरू पनि त्यही लचकतासाथ आउनुपर्छ, पार्टी एकताका लागि,’ प्रवक्ता महतले भने,‘आम निर्वाचनमा एकताबद्ध हुनुपर्ने जरुरी छ। हामी जुन किसिमले उदार छौँ, त्यही किसिमले पार्टी, देश, जनतालाई मध्यनजर राखेर उहाँहरू आउनुपर्छ।’

प्रकाशित: २९ पुस २०८२ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App