२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

महाविर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण: तीन तोला सुन, चार ठाउँ जग्गा

प्रतिनिधि सभाका सांसद महाविर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका उनले संसद् सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर फेसबुकमा राखेको उल्लेख गरेका छन् ।

पुनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका–८ स्थित खुरखुरे टोल रहेको छ । त्यहाँबाट आफूले नागरिकता प्राप्त गरेको उनले बताएका छन् । यस्तै, हाल कास्कीको हमालटोलमा भाडाको घरमा बसिरहेको उनले जनाएका छन् ।

सांसद पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा चार ठाउँ जग्गा देखिन्छ भने घर एउटा पनि छैन । आफू डेरामा बसिरहेको उनले बताएका छन् ।

May be an image of blueprint, floor plan and text

पुनका अनुसार कास्कीको माझठाना गाउँपालिकाको वडा नम्बर ७ मा उनको चार टुक्रा जग्गा छ । ती सबै जग्गा जम्मा ४ लाख जतिमा २०५२ सालमा पदम पुनसँग मिलेर किनेको उनले बताएका छन् । कुल मिलाएर जग्गाको क्षेत्रफल ४ रोपनी ६ अना जति हुन आउँछ । यो सबै जग्गा बिक्रीमा राखे पनि अहिलेसम्म नबिकेको उनले जानकारी दिएका छन् ।

उनले आफूसँग ३ तोला सुन रहेको बताएका छन् जुन २०६० सालमा किनिएको हो । यो सुन श्रीमतीलाई इस्टमित्रले उपहार दिएको उनको दावी छ । यस्तै उनको दुई बैंकमा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । त्यसमध्ये २५ लाख रूपैयाँ हालै चुनाव लड्दा प्राप्त सहयोगबाट उब्रेको हो ।

May be an illustration of floor plan, blueprint, map and text

यो रकम बेनीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न खर्च गरिरहेको उनले बताएका छन् । बाँकी चार लाख पनि साथीहरुबाट प्राप्त भएको र व्यक्तिगत खर्च गर्ने पुनको भनाइ छ ।

पुनको विरणमा उल्लेख भएअनुसार उनीसँग सवारीसाधन छैन भने बैंकमा सेयर पनि शून्य छ । आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बेचेर आएको पैसा आविस्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन् ।

पुनले भनेका छन्, ‘संघीय संसद सचिवालयलाई म प्रतिनिधिसभा सदस्य महावीर पुनले बुझाएको मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नुहोस् । खासगरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्‍यो भन्ने विद्वानहरू र रिस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र छानबिन गर्नु होला ।’

पुनका अनुसार उनले यो विवरण शिक्षामन्त्री हुँदा पनि बुझाएका थिए, तर उति बेलाको सरकारले सार्वजनिक गरिदिएन । उनले भनेका छन्, ‘यी भौतिक सम्पत्ति बाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असीमित सम्पत्ति भनेको देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरू हुन् ।’

May be an image of ‎blueprint and ‎text that says '‎لا अन्य सम्पत्ति विवरण क्.सं. विवरण सारिद मृल्य प्राप्त रमात X I प्रप्तिको स्तोत कैफियत X पद दस्तबत जाने लुक्रेसम्म लेखए बमोजिमको ठीक छর फरक पनें ह্ैन थस बाहेक जले आफेनेलेलेक आफेले मेर आात्मकथाक पुस्तक केपलीमा हाल सम्দ रलाख ម០ हजार प्राती केयर आाएको सभण ऐस मेंने राष्टरीयआबिष्कार राष्टरीय बिेठकार केद्रृतथा नीरऊ्ण काब ऑभार नाम महावीर هء कारखवाना सન्ય सन्यालनाथ 피리 श्रतीनिदि सभा 五422 आबिम्कार केस्ुरका नेचाल Madrus कोनपाता রক-१०6276 मा मजमागाशरेडेकेशा.य ખમમા मिति: 20C319198 पाने ખેંમા اياا٢ นาลอบุมา अधिल्लो आर्यिक वर्ममा पेश गरेको सम्पत्ति विवरणमा धपघर भएको विवरण यसी च्रमोजिमको फाराममा भ्री पेश गरनु पनेंद्द तुष्टव्य‎'‎‎

 

प्रकाशित: १६ वैशाख २०८३ १८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App