लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् ।
संघीयता सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका आचार्यले खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेका अनुभवी, अनुशासित र परिणाममुखी नेताका रूपमा आचार्यको पहिचान स्थापित छ । संगठन निर्माणदेखि प्रदेश शासनसम्मको लामो राजनीतिक यात्रामा उनले व्यावहारिक नेतृत्व, कडा निर्णय क्षमता र सरल जीवनशैलीमार्फत आफ्नै पहिचान बनाएका छन् । हाल उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा निवर्तमान एमाले केन्द्रीय सदस्य हुन् ।
प्रकाशित: २९ मंसिर २०८२ १९:४१ सोमबार





