१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्न रास्वपामा समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ।  

उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित तथा प्रणालीगत बनाउन पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति गठन गरिएको जनाएको छ।  

समितिमा रामकुमार (आरके) ढुंगाना, समिक्षा बास्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की (रोहन) सदस्य छन्। समितिको बिहीबार बसेको बैठकले उम्मेदवार छनोट रूपरेखा तयार गर्न सबै तहगत समितिबाट व्यवहारिक, अर्थपूर्ण र व्यवस्थित सुझाव संकलन गर्ने निर्णय गरेको छ। 

प्रकाशित: १० वैशाख २०८३ १९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App