२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

हारपछि प्रकाशलाई लिङदेनको आग्रहः अपार जनमतलाई निराश नबनाउनु

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक विजयी भएका छन्। उनले ३८ हजार ६७४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले १७ हजार २९४ मत पाए। 

यही क्षेत्रमा ०७९ को निर्वाचनमा विजयी हुँदा लिङदेनले ४० हजार ६६२ मत ल्याएका थिए भने प्रकाशको मत ३ हजार ४६१ मात्र थियो।  

हारपछि लिङदेनले सामाजिक सञ्जालमार्फत् पाठकलाई बधाई दिएका छन्। उनले लेखेका छन्, 'झापा क्षेत्र नं ३ बाट भारी मतका साथ विजयी हुनुभएका रास्वपाका उम्मेदवार प्रिय भाइ प्रकाश पाठकलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना । अपार जनमतलाई निराश नबनाउनु होला। मेरो सदैव सकारात्मक सहयोग रहनेछ।' 

प्रकाशित: २३ फाल्गुन २०८२ १७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App