राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले भण्डारीको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।
आइतबार एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको प्रस्तावकमा भण्डारीले उपाध्यक्षको लागि मनोनयन दर्ता गराएकी थिइन्।
प्रकाशित: २३ चैत्र २०८२ १४:४८ सोमबार





