२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज

पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।

मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले जारी गरेको सूचनाअनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५(३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो।

निर्धारित समयसीमाभित्र इजाजतपत्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको इजाजतपत्र ऐनको दफा ७(३) बमोजिम स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ऐनको दफा ७(४) को प्रयोजनका लागि सचिवस्तरबाट गत असार १७ गते भएको निर्णयअनुसार उक्त सूचना सार्वजनिक गरिएको हो।

प्रकाशित: २७ असार २०८३ १६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App