२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गणेशमानका आदर्शलाई आत्मसात् गर्दै कांग्रेसलाई अझ सशक्त र लोकतान्त्रिक बनाउने संकल्प गरौँ : गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने अवसर मात्रै नभई अग्रज नेताहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर भएको बताएका छन्।

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै थापाले यस्तो बताएका हुन्। उनले समय र चुनौती बदलिएको भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झनै बढेको बताए।

थापाले गणेशमान सिंहलाई लोकतन्त्रका लागि जीवन समर्पण गर्ने तथा कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नभएका साहसी, त्यागी र निष्ठावान् नेताका रूपमा स्मरण गरेका छन्। उनले गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिएका छन्।

‘हामी १५औँ महाधिवेशनको यात्रामा छौँ। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो,’ थापाले भनेका छन्।

यस्तो छ स्टाटस:

लोकतन्त्रका लागि जीवन समर्पण गर्ने, कठिन परिस्थितिमा पनि आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता - लौहपुरुष गणेशमान सिंहप्रति २९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन।

हामी १५औँ महाधिवेशनको यात्रामा छौं। यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्ने अवसर पनि हो।

समय बदलिएको छ, चुनौती बदलिएका छन्।

तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ।

लौहपुरुष गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गरौँ।

गणेशमान सिंहप्रति हार्दिक श्रद्धासुमन।

जय नेपाल।

प्रकाशित: २ आश्विन २०८३ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App