रास्वपाका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे।
सरकारले दिनरात नभनेर सक्दो प्रयासका साथ उद्धार र खोजमा लागेको बताउँदै सभापति लामिछानेले प्रियजन गुमाएकाले राज्यले केही गरेन भनेर गर्ने गुनासालाई अन्यथा लिन नमिल्ने पनि बताए।
‘गहिरो चोटमा परेका मानिसले भगवान्लाई त सराप्छ भने यो सरकार, रास्वपा र राज्यलाई गुनासो र आक्रोश पोख्नु कुनै ठूलो कुरा होइन’, सभापति लामिछानले भने, ‘पीडामा परेर आक्रोश व्यक्त गरिरहेकाहरुमाथि सामाजिक सञ्जालमा गरिने अवाञ्छित टिप्पणी गर्ने कार्य सैह्या हुँदैन। यस्तो कार्यमा रास्वपाका कोही कार्यकर्ता सम्पग्न छन् भने कारबाही गरिनेछ। सरकारले कानुनबमोजिम गर्नुपर्ने कारबाही पनि गरोस्।’
विपद् व्यवस्थापनका लागि प्रतिपक्षबाट आउने रचनात्मक कुरालाई आत्मसात् गर्न सरकारलाई आग्रह गर्दै विपद्का नाममा राजनीति नगर्न सबैमा आग्रह गरे।
जलवायु सङ्कटमा परेकाहरू जलवायु अन्यायका पीडित भएको बताउँदै उनले यो विपत्तिका कारक ती पीडित नागरिक थिएनन् भने।
‘जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवशहरूका श्रद्धाञ्जली दिएर मात्रै पुग्दै विश्वसँग न्याय माग्ने साहस बोटल्नुपर्छ’, सभापति लामिछानेले भने।
उद्धार र खोजीका काममा सुरक्षाकर्की र उद्धारकर्ताको प्रशंसा गर्दै उनले यस पीडामा सबै मित्रराष्ट्रहरूको साथ र सहयोग रहेको उल्लेख गर्दै सङ्कटमा निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपाली क्षेत्रले गरेको योगदानको प्रशंसा गरे।
प्रकाशित: २४ भाद्र २०८३ १५:०५ बुधबार


-600x400.jpg)

-600x400.jpg)