१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

यो विषम परिस्थितिमा धैर्य र संयमता अपनाऔँ: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितीमा धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् ।  

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सामाजिक सद्भाव र अमनचयनका  लागि सबैको पहल प्रयत्न आवश्यक भएको  उल्लेख गरे । ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु’ पोखरेलले भनेका छन् ।  

वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पति, राजनीतिक दलका कार्यलय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पतिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा र भत्सर्ना गरेका छन् ।  

उनले लेखेका छन्,  

जेन  जी  पुस्ताका  युवाहरूको  आह्वानमा  भएको   भ्रष्टाचार नियन्त्रण  तथा  सामाजिक  सन्जालमाथिको  प्रतिवन्ध हट्नुपर्ने  लगायतका  विषयमा  केन्द्रीत  आन्दोलन  र  देशमा विकसित  पछिल्ला  राजनीतिक  घटनाक्रमप्रति   सबैको  ध्यान  गम्भीर  रूपमा  आकर्षित  भएको छ । आन्दोलनका क्रमा  भएको  जनधनको  क्षतिप्रति  गहिरो  दु:ख  व्यक्त  गर्दै आन्दोलनमा  ज्यान  गुमाउनेहरूप्रति श्रद्घान्जली  व्यक्त  गर्दछु ।  

शोक  सन्तप्त  परिवारजनमा  समवेदना  व्यक्त  गर्दै घाइतेहरूको  शिघ्र  स्वास्थ्य  लाभको  कामना  पनि  गर्दछु । घाइतेहरूको  उपचारमा  सरकारले हालै  गरेको  निर्णयको प्रभावकारी  कार्यान्वयन  होस्  भन्ने  माग  पनि  गर्दछु ।  

आन्दोलनमा  भएको  अस्वभाविक  र  अत्यधिक  बल  प्रयोग र  त्यसकाणले  भएको  जनधनको  ठूलो  क्षति , सार्वजनिक सम्पत्ति, ऐतिहासिक  सम्पदा, राजनीतिक  दलका  कार्यालय र  विभिन्न  व्यक्तिका  निजी  निवास  तथा  निजी  सम्पत्तिमा गरिएको  आगजानी, तोडफोड  र  हिंसाका  घटनाप्रति  निन्दा र  भर्त्सना  नगरी  रहन  सकिन्न ।

यी  घटनाहरूको  स्वतन्त्र  र निष्पक्ष  छानविन  गरी दोषीमाथि  कडा  कानूनी  कारवाही  गरिनुपर्छ । साथै, भविष्यमा  यस्ता  दुस्खद वघटना  नदोहोरिने वातावरण  सुनिश्चित  गर्नु  हामी  सबैको  कर्तव्य  हो ।  

यस  विषम  परिस्थितिमा  धैर्य  र संयमता अपनाउन, समाजमा  शान्ति, अमनचयन  र  सामाजिक वसद्भावका  लागि  सबैको  पहल र प्रयत्न आवश्यक  छ । जस्तोसुकै कठिन  परिस्थितिमा  पनि  लोकतान्त्रिक  पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक  न्याय, विधिको  शासन  र रूपान्तरणकारी आन्दोलनप्रति  अविचलित  रहन  पार्टीका सम्पूर्ण  नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक  तथा  आम जनतामा  हार्दिक  आह्वान  गर्दछु ।  विगतबाट  शिक्षा  लिदै प्रतिकूल  परिस्थितिलाई अनुकूल  बनाउने  दिशामा  हामी  सबै  अघि  बढ्नु अहिलेको  आवश्यकता  हो ।

प्रकाशित: २५ भाद्र २०८२ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App