नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाली कांग्रेसलाई थप मजबुद बनाउन पार्टीका नेता तथा कार्यकर्ताले निर्भिक भएर आफ्ना आवाज राख्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तिमिल्सिनाले पार्टीलाई सही दिशामा अघि बढाउन नेतृत्वलाई निरन्तर खबरदारी आवश्यक रहेको बताए। पार्टीभित्र देखिएका समस्या र असन्तुष्टिका विषयमा खुलेर छलफल गरी समाधान खोजिनुपर्ने उनको भनाइ थियो।
उनले पछिल्लो समय पार्टीभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा समेत बहस भइरहेको उल्लेख गर्दै त्यसको उचित सम्बोधन गर्न नेतृत्व गम्भीर हुनुपर्ने बताए।
“पार्टीलाई थप मजबुद बनाउन नेता तथा कार्यकर्ताले निर्भिक भएर आफ्ना आवाज राख्नुपर्छ। नेतृत्वलाई खबरदारी आवश्यक छ,” तिमिल्सिनाले भने।
पार्टीभित्र विवादका विषय उठिरहेकाले त्यसलाई बेवास्ता नगरी संस्थागत ढंगबाट समाधान खोज्नुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे उठेका विषयलाई समेत पार्टी नेतृत्वले उचित ढंगले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
तिमिल्सिनाले पार्टीलाई एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउन नेता तथा कार्यकर्ताबीच खुला संवाद र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित: २९ श्रावण २०८३ १५:०२ शुक्रबार





