नेकपा एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु भएको छ। एमालेले पार्टी छोडेका नेता कार्यकर्ताको स्वागत गर्न आज औपचारिक कार्यक्रम नै आयोजना गरेको थियो ।
कार्यक्रमकै बीच विघटित नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिनालगायतका नेता तथा कार्यकर्ता राष्ट्रियसभा गृहबाट एमालेमा फर्किएको घोषणा गरेका छन्।
उनीहरू चार वर्षपछि एमाले फर्किएका हुन्। उनीहरू २०७९ भदौमा एमाले विभाजनपछि बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका थिए ।
उनीहरूलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा माला लगाएर स्वागत गरेका थिए। साथै ओलीले उनीहरूलाई पार्टीको झण्डा समेत प्रदान गरेका थिए।
प्रकाशित: २४ कार्तिक २०८२ १६:२१ सोमबार





