४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

पार्टीका पक्षमा मतदान गर्न नेता पूर्णबहादुर खड्काको आह्वान

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत प्रत्यक्ष र समानुपातिक दुवै मत पत्रमा रुख चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेका हुन्।

'यही फागुन २१ गते प्रतिनिधि सभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्दछ, यसका लागि हाम्रो माग तथा शुभकामना छ', उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, 'यो निर्वाचनमा म उम्मेदवार किन हुँदै छैन, त्यसका कारण मैले गत माघ ६ गतेको दिन बिहान सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु।'

नेता खड्काले यही फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानु भई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा रुखमा स्वस्तिक छापको लालमोहर लगाई कांग्रेसलाई विजयी गराउन अनुरोध गरेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App