१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन कोइरालाको आह्वान

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चुनाव जितेर सांसद बन्न मात्रै नभई लोकतन्त्र बचाउन आफूले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन्। बिहीबार विराटनगर स्थित गुद्रीमा आयोजित तरुण युवा बुथ सुरक्षा घोषणा सभामा नेता  डा कोइरालाले यस्तो बताएका हुन्।

कोइरालाले लोकतन्त्रको रक्षाका लागि देशभरबाट कांग्रेसका उम्मेदवारी निर्वाचनमा जिताउन मतदाताहरूलाई आग्रह पनि गरे। ‘अहिले देशमा लोकतन्त्र माथि संकट परिरहेकाले लोकतन्त्रको रक्षाका लागि मैले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको हुँ’ डा कोइरालाले भने‘चुनाव जितेर सांसद मात्रै बन्ने हैन लोकतन्त्रको रक्षा पनि कांग्रेसले गर्ने भएकाले देशैभर कांग्रेसका उम्मेदवारलाई निर्वाचन जिताउनुहोस्।’

डा कोइरालाले विराटनगरको गुमेको औद्योगिक नगरीको साख फर्काउने बाचासमेत गरेका छन्। उनले देशकै मुख्य आर्थिक केन्द्र तथा  औद्योगिक नगरिका रूपमा स्थापित गर्ने उद्घोष गरे। उनले विराटनगरको डुबान नियन्त्रणका लागि केशलीया र सिंघिया नदिनमा तटबन्ध निर्माण गर्ने, विराटनगरलाई हरियाली बनाउने, प्रदेशका स्थायी संरचना निर्माण गर्ने, युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सृजना गर्ने बाचासमेत गरेका छन्। प्रजातन्त्र स्थापना पछि  नेपालीहरू रैतीबाट जनता बनेको भन्दै प्रजातन्त्र स्थापनाका लागि युवा,विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे।

प्रकाशित: ८ फाल्गुन २०८२ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App