एमाले नेता गोकुल बासकोटाले संविधान सम्मत नै अगाडि बढ्न सरकारलाई अनुरोध गरेका छन्। उनले सामाजिक संजालमा जतिसुकै बहुमत भएपनि संविधान अनुसार चल्नुपर्ने बताएका हुन्।
'जतिसुकै तिहाई बहुमत वा अल्पमतको सरकार होस संविधानको बर्खिलाफ हुने गरी कानुन बन्न सक्दैनन। अब पुरानाको अन्तिम सुचीमा चढिसकेका नयाँले पनि ढिलो चाडो थाहा पाउछन। उदेश्य राम्रो भए पनि प्रक्रिया संविधान सम्मत हुनैपर्छ। कुरो यहि हो भन्न मन लागेजति पाईयो। शब्दकोष रित्याए पनि फरक पर्दैन।,' उनले लेखेका छन्।
प्रकाशित: १७ वैशाख २०८३ १३:०४ बिहीबार





