२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

कानुनमन्त्री सोविताको सम्पत्ति: काठमाडौं र चितवनमा घर-जग्गा, १५ तोला सुन र हीरा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आफ्नो चलअचल सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।

सार्वजनिक विवरणअनुसार मन्त्री गौतमको नाममा काठमाडौं र चितवनमा घर तथा जग्गा रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार मन्त्री गौतमसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा रहेको उल्लेख छ।

मन्त्री गौतमको वित्तीय अवस्थातर्फ एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकहरूमा बचत रहेको छ।

सवारी साधनको हकमा उनीसँग एउटा भ्यान र एउटा स्कुटर रहेको विवरणमा जनाइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम पारदर्शिताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको यो विवरण सार्वजनिक गरेको हो।

प्रकाशित: २९ चैत्र २०८२ २०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App