२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

भाषा सम्बन्धी विधेयक समितिमा पठाइयो

कोशी प्रदेश  सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाइएको छ । 

आजको प्रदेशसभा बैठकले उक्त विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउने निर्णय गरेको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।  

प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भाषा आयोगले सिफारिस गरे बमोजिम  नेपाली बाहेक मैथिली र लिम्बु भाषालाई  सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने व्यवस्थाले अन्य भाषालाई उपेक्षा गरेको भन्दै थारु, राई लगायतका भाषाभाषीहरूले विरोध गर्दै आएका थिए । प्रदेश सरकारले कोशी प्रदेशमा बोलिने अन्य भाषाहरूलाई पनि सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

 भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनका लागि पनि प्रदेशसभामा सांसदहरूले संशोधन प्रस्तावहरू दर्ता गरेकाले दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको जनाइएको  छ । कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ साउन  १८ गते प्रदेशसभामा दर्ता गरी छलफलका लागि पेश गरिएको थियो ।  

प्रकाशित: १५ भाद्र २०८२ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App