४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

भाषा व्यक्ति र समुदायको पहिचान कायम राख्‍ने महत्वपूर्ण माध्यम हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भाषा व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्‍ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।  

भाषा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुभाषिक मुलुक भएको उल्लेख गरे । नेपालका भाषाको अध्ययन, अनुसन्धान र अन्वेषण गरी भाषाको संरक्षणमा पु¥याएको योगदानको लागि भाषा आयोगको उनले प्रशंसा गरे ।  

राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्‍न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको स्पष्ट पारे ।  

सो क्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका थिए । 

प्रकाशित: १९ भाद्र २०८२ १९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App