नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूले आग्रह गरेका छन्।प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश कुमारसँग पराजित भएपछि पार्टीभित्र राजीनामाको चर्चा सुरु भएको थियो।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, ललितपुर जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगाएतले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्व नछोड्न आग्रह गरेका हुन्।
उनीहरूले वर्तमानको राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको बताएका छन्।

प्रकाशित: २८ फाल्गुन २०८२ १३:३१ बिहीबार





