२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कुलमान भन्छन्- स्थानीय तह निर्वाचनमा धेरै सिट जित्छाैं, हार्दैनौं

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता हासिल गर्ने दाबी गरेका छन्।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको संगठन विस्तार र चुनावी तयारी तीव्र पारिएकाले धेरै ठाउँमा जित्ने विश्वास व्यक्त गरेका हुन्।

अध्यक्ष घिसिङले निर्वाचनमा सशक्त भूमिकाका साथ प्रस्तुत हुने र धेरै स्थानीय तहमा विजयी हुने बताए। उनले भने, ‘हामी स्थानीय तहमा धेरै ठाउँमा जित्ने लक्ष्यका साथ अघि बढेका छौं। चुनावी मैदानमा हाम्रो भूमिका सशक्त हुनेछ।’

प्रतिनिधिसभा निर्वाचनमा पनि घिसिङले ठुलो संख्यामा सिट जित्ने घोषणा गरेका थिए। तर, सो निर्वाचनमा उज्यालो नेपाल पार्टीले एउटै सिट पनि जित्न सकेन भने घिसिङ स्वयं काठमाडौं- ३ बाट पराजित भएका थिए।

आगामी निर्वाचनका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र अन्य नयाँ दलहरूसँग एकताका लागि पनि गृहकार्य भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०८३ १७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App