भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बुधबार बिपी राजमार्गको निरीक्षण गरेका छन्। दसैंका बेला सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको अवस्थाबारे निरीक्षण गर्न कुलमान बिपी राजमार्ग क्षेत्रमा पुगेका हुन्।
कुलमानसँगै सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरू पनि निरीक्षण टोलीमा सहभागी थिए।
बिपी राजमार्ग काठमाडौं उपत्यकासँग नेपालको पूर्वी क्षेत्र जोड्ने सडकमार्ग हो। राजमार्ग जापान सरकारको अनुदान सहयोगमा बनेको यो सडक गत वर्ष असोज महिनामा आएको बाढीपहिरोले क्षति पु¥याएको थियो। १६० किलोमिटर लम्बाइको यो सडकमा करिब साढे ३० किलोमिटर सडकमा क्षति पुगेको छ।
जसको अस्थायी आवतजावतको व्यवस्था गरेर हाल मर्मत भइरहेको छ। यद्यपि पानी पर्दा सडक बेलाबेला अवरुद्ध हुँदै आएको छ।
प्रकाशित: १५ आश्विन २०८२ १६:१७ बुधबार





