भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको पर्याप्त पूर्व तयारीले बाढीका कारण मानवीय क्षति नभएको दाबी गरेका छन्। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले यस्तो दाबी गरेका हुन्।
‘दुई दिनको वर्षामा हामीले जुन किसिमले क्षतिको आकलन गरेका थियौँ। हामीले धेरै सूचना पनि प्रवाह ग¥यौं, धेरै ठाउँमा हाम्रो इक्विपमेन्टहरू पनि स्टेन्डबाई थियो। धेरै जनशक्ति पनि परिचालन गरेका थियौँ,’ मन्त्री घिसिङले भने, ‘त्यसले गर्दा हाम्रो संरचनामा धेरै क्षति भए पनि बाढीको कारणले मानवीय क्षति भएको छैन।’
तर पहिरो गएर इलाममा भने क्षति भएको उनले बताए। उनले भने, ‘इलाममा जुन क्षति भएको छ, राति पहिरो गएर। त्यहाँ ठुलो अतिवृष्टि भएको छ। ३५२ मिलिमिटरको वर्षात् भएको अतिवृष्टि हो। त्यो पनि बस्तीमा, बाटोमा भएको होइन।’
त्यहाँ बाहेक अन्यत्र मानवीय क्षति नभएको मन्त्री घिसिङले दाबी गरे। ‘अन्त नदी नजिकको बस्ती बगाएर अथवा सडक बगाएर क्षति भएको छैन’, उनले भने।
प्रकाशित: १९ आश्विन २०८२ १६:१८ आइतबार





