नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका छन्।
सरकारले यहीँ मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित रहेको बस्नेतको भनाइ छ।
एमालेको मंसिर २७-२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र नभइ प्रतिशोधको राजनीति भएको बस्नेतले आरोप लगाए।
तत्काल निर्णय फिर्ता गरेर पहिलो हप्तादेखि काम गर्नु सरकार र कुलमान दुवैको हितमा हुने नेता बस्नेतले सुझाए।
प्रकाशित: २३ मंसिर २०८२ ०८:४५ मंगलबार





