कुलमान घिसिङको पार्टी ‘उज्यालो पार्टी नेपाल’ र खगेन्द्र सुनारको पार्टी ‘हाम्रो पार्टी नेपाल’ एकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।
हाम्रो पार्टी नेपालका खग्रेन्द सुनार र उज्यालो पार्टी नेपालका अनुपकुमार उपाध्यायले एकल चुनावमा निर्वाचनमा भाग लिने भन्दै आयोगमा आवेदन दिएका थिए ।
सोही आवेदन अनुसार आयोगले दुवै दललाई एकल चुनाव चिन्ह दिनेछ । यी दलले निवेदनमा माग गरे बमोजिम आयोगले आवेदन अनुसारकै बलेको चिम चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
उज्यालो पार्टी नेपालले बलेजको बिजुलीको चिम र हाम्रो नेपालले ‘लाइक’ चुनाव चिह्न पाएका थिए । अब निर्वाचनमा सामूहिक रुपमा जान साझा चुनाव चिन्ह माग गरेका हुन् ।

प्रकाशित: १० मंसिर २०८२ १५:३६ बुधबार





