१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कृष्ण सिटौला गलत घरमा उभिनु भएको छः सुधिर सिवाकोटी

नेपाली कांग्रेसका नेता सुधिर सिवाकोटीले पूर्वमहामन्त्री कृष्ण सिटौला गलत ठाउँमा उभिएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै संविधानसभा सदस्यसमेत रहेका सिवाकोटीले जेनजी आन्दोलनपछि नेता सिटौलाले सही बाटो छान्न नसकेको बताएका हुन् ।  

झापा जिल्लाका पूर्वसभापति समेत रहेका सिवाकोटीले भने, 'हामी ५२ वर्षदेखि सँगै छौं । कुनै समय हाम्रो सम्बन्धमा तलमाथि भएको छैन । तर जेनजी आन्दोलनपछि देशमा जुन परिवर्तनको लहर चलेको छ । त्यो परिवर्तनको लहरलाई उहाँले आत्मसाथ गर्न सक्नु भएको छैन । उहाँ गएर गलत ठाउँमा उभिनु भएको छ । उहाँ गलत घरमा उभिनु भएको छ । म यहाँबाट पनि आग्रह गर्छु, तपाईंको घर त्यो हैन, तपाईंको घर यो हो ।'  

समय वितिनसकेको बताउँदै नेता सिवाकोटीले युवा नेताहरुले अगुवाई गरेको यो अभियानको संरक्षण र सम्बर्द्धन गरिदिन आग्रह गरे । देशैभर यो संगठनलाई बलियो बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन नेता सिटौलालाई सिवाकोटीको अपिल थियो । 

प्रकाशित: २७ पुस २०८२ १७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App