२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

केपी ओली इतिहासकै कलङ्कित र आपराधिक शासक बन्न पुगे : बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले मुलुकमा नरसंहार गरेको बताएका छन्। बस्नेतले जेन-जी युवाको प्रदर्शनमा सरकारको निर्मम दमनप्रति खेद प्रकट गर्दै घटना घटाउने कार्यका लागि जिम्मेवार सरकारी पदाधिकारीमाथि छानबिन गरी कडा कारबाहीको माग गरेका छन्।

बस्नेतले भने, ‘भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेको जेन-जी युवाहरूमाथि सरकार क्रुर र पासबिक बन्यो। केपी ओली इतिहासकै कलङ्कित र आपराधिक शासक बन्न पुगे। ओलीले सरकारको नेतृत्व गर्ने कानुनी र नैतिक आधार गुमाए। उनले तत्काल सत्ता छोड्नुपर्छ।’

केपी ओली आपराधिक पृष्ठभूमिका मान्छे भएको भन्दै ओलीलाई क्रुर शासक बनाउन शेरबहादुर देउवा र पुष्पकमल दाहालले बेलाबेला राम्रैसँग भरथेग गर्ने गरेको बस्नेतको आरोप छ।

मधेस आन्दोलनमा ५६ जना आन्दोलनकारी मारिएको घटना, पटकपटक संसद् विघटन गर्नेदेखि सोमबार मुलुकमा घटाइएको विभत्स घटनासम्म आइपुग्दा केपी ओलीको तानाशाहा, क्रुरता र बर्बरताले सीमा नाघेको उनको तर्क छ।

बस्नेतले सोमबारको प्रदर्शनमा मारिएका जेनजी युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App