११ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

भोटेकोशी बाढी प्रभावितका लागि कोशी सरकारले ३ करोड दिने

कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूका लागि तत्काल राहत तथा उद्धार गर्न ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम विपद् व्यवस्थापन र राहत कार्यका लागि तुरुन्त पठाउने निर्णय गरेको हो।

बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बाढीपीडितको उद्धार, राहत र पुनर्मिलनका लागि प्रदेश सरकार आफ्नो तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए।

यसैबीच, मन्त्रिपरिषद् बैठकले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

प्रकाशित: ११ भाद्र २०८३ २२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App