कोशीप्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि ३ करोड रुपैयाँउपलब्ध गराउने निर्णय गरेको छ। कोशीप्रदेशको शुक्रबारको मन्त्रिपरिषद् बैठकले ३ करोड रुपैयाँप्रधानमन्त्री दैवीप्रकोप राहत कोषमाउपलब्ध गराउने निर्णय गरेको हो।
कोशीप्रदेश सरकारका आन्तरिक मामिलातथाकानुनमन्त्रीगोम्बु शेर्पाले विपद्को राहत र उद्धारका लागिप्रदेश सरकारले तत्काल ३ करोड रुपैयाँउपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। प्रदेश सरकारले बाढीमा परी ज्यानगुमाउनेप्रतिश्रद्धाञ्जली तथाशोकसन्तप्त परिवारजनमागहिरो समवेदनाव्यक्त गरेको छ । मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीचप्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपद्को घडीमा कोशीप्रदेश सरकार प्रभावितनागरिकसँगै रहेको बताए।
विराटनगर महानगरपालिकाले २५ लाख रुपैयाँउपलब्ध गराउने रसु्वास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहततथापुनःस्थापनाकालागिविराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ। विराटनगर महानगरपालिकाकाप्रमुखनागेश कोइरालाकाअनुसार महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँउपलब्ध गराउने र बाँकी रकमजनप्रतिनिधिको सेवा–सुविधातथाकर्मचारीको मासिकपारिश्रमिकबाट जुटाउने छ।
महानगरका प्रमुख कोइरालाले भोटेकोशीमागएको बाढीबाट उत्पन्न परिस्थितीले कुनै एक भूगोल वा समुदायलाई मात्रनभएर सिंगो मुलुकलाई पीडा दिएको बताए । विपद्को समयमा राज्यकानिकायसँगै स्थानीयतह, निजी क्षेत्र, संघसंस्थातथानागरिक समाजले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ।
बाढीबाट ठूलो जनधनको क्षतिभएको अवस्थामा स्थानीयतहबीचको सहकार्य र मानवीय ऐक्यबद्धता आवश्यक रहेको भन्दै विराटनगरले सहयोगको निर्णय गरेको प्रमुख कोइरालाको भनाई छ।
प्रकाशित: ११ भाद्र २०८३ १८:०४ बिहीबार





