२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको टिकट वितरणमा कोइराला समूह असन्तुष्ट

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट वितरणसम्बन्धमा अनभिज्ञता जनाएको छ । 

निर्वाचनका लागि पार्टीले कुन मापदण्डमा कसरी टिकट वितरण गरिरहेको छ भन्ने कुरा यकिन नभएको कोइराला समूहको दाबी छ । कांग्रेसमा संसदीय बोर्ड बनाएर टिकट बाँड्ने गरेको छ ।  

कोइराला समूहले भनेको छ, ‘देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन।’ 

यस्तै कोइराला समूहले सभापति गगन थापासँग मिलेर जाने विषयमा सहमति भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । सचिवालयले भनेको छ, ‘आजसम्म विशेष महाधिवेशनबाटआएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छै ।’

प्रकाशित: ५ माघ २०८२ १६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App