१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मन्त्री नबन्दै विवादमा खगेन्द्र सुनार : महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति, पक्राउ पुर्जी भाइरल

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बन्न लागेका खगेन्द्र सुनार विवादमा तानिएका छन्। उनी महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत र टिप्पणी दिएका कारण अहिले आलोचनाको केन्द्रमा छन्। सुनारमाथि स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलनासम्बधी जाहेरी समेत परेको छ। 

उनी मन्त्री बन्ने चर्चाबिच सुर्खेत जिल्ला अदालतबाट सुनारविरुद्ध जारी भएको पक्राउ पुर्जी भाइरल भएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा सुनारलाई प्रतिवादी बनाएका थिए।  

अदालतले २०८१ असार १४ गते दायर भएको मुद्दामा सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो। दैलेख, नारायण नगरपालिका–२ भैसेखोर बस्ने ३१ वर्षीय सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, दैलेखलाई निर्देशन दिएको थियो। यसरी विवादित व्यक्तिलाई मन्त्री बनाउन लागेको भन्दै सामाजिक सञ्जालमा पनि उनको नामलाई लिएर चर्को विरोध भइरहेको छ।

समाजशास्त्री निर्मला ढकाल एक्समा लेख्छिन्, ‘यस्तोलाई मन्त्री भन्दै हाम्रो करको पैसा खेर फाल्न पर्ने हो हामीले? कुनै महिलालाई यती सम्म गर्न सक्ने लम्पटलाई झेल्न पर्ने हो?’

मानवअधिकारकर्मी मोहना अन्सारी लेख्छिन्, ‘यो कुन तहको सभ्यता हो, कानुनमा भएको अधिकार प्रयोग गर्न तपाईलाई कसैले रोकेको छैन नि? यसरी कसैको फोटो र फोन नम्बर राखेर बदनाम गर्ने काम बन्द गर्नुस्। सभ्य समाज निर्माणको बाटो अरू पनि छन् । हिंसाले समाधान दिँदैन वितृष्णा मात्रै बढाउँछ।’ 

 

प्रकाशित: ९ कार्तिक २०८२ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App