सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ।
बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेकाे छ। यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
बैठकले 'भन्सार नियमावली, २०८३' लाई स्वीकृत गर्ने निर्णय गरेकाे छ।
यस्तै सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेकाे छ।
प्रकाशित: १४ वैशाख २०८३ १५:१६ सोमबार





