३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

केउरानी वनको डढेलो नियन्त्रणमा

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित केउरानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ।

मंगलबार नगरपालिकाको वडा नम्बर १ र १२ को सिमानामा पर्ने उक्त वनमा आगलागी भएको थियो।

आगो फैलिएको सूचना पाउनसाथ नेपाली सेनाको युद्ध कवच गणबाट तत्कालै एक टोली घटनास्थलमा खटिएको थियो। उक्त टोलीले अन्य सुरक्षा निकायहरूसँगको समन्वय र सहकार्यमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको हो।

प्रकाशित: ३ चैत्र २०८२ १९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App